कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित « Khabarhub

कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा भेनेजुएलाले पहिलो जित निकालेको छ । आज बिहान लेभिस स्टेडियममा सम्पन्न समूह ‘बी’ को खेलमा इक्वेडरलाई २–१ गोलले हराउँदै भेनेजुएलाले जित निकालेको हो ।

भेनेजुएलाका लागि जोन्डर काडिज र एडवार्ड बेलोले एक–एक गोल गरेका थिए । यस्तै, इक्वेडरका जेरेमी सार्मिएन्टोले एक गोल गरेका थिए ।

खेलमा इक्वेडरले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । इक्वेडरका सार्मिएन्टोले खेलको ४०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर ६४औँ मिनेटमा काडिजले गोल गर्दै भेनेजुएलालाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि भेनेजुएलाकै एडवार्डले ७४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै पहिलो खेलबाट भेनेजुएला ३ अंकका साथ समूह ‘बी’ को शीर्षस्थानमा छ । पराजित भएको इक्वेडर अंकविहीन रहँदै चौथो स्थानमा छ । समान खेल खेलेका मेक्सीको र जमैका एक–एक अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

यो पनि…
कोपा अमेरिका : पेरु र चिलीले खेले बराबरी

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : २४ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी