लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’ विजेता घोषणा आज « Khabarhub

लाइफ कम्प्युटरको ‘वेबसाइट कम्पिटिसन’ विजेता घोषणा आज


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाइफ कम्प्युटरले आज वेबसाइट कम्पिटिसन सम्बन्धी विजेताको घोषणा गर्न लागेको छ।

आज दिउँसो २ बजे राष्ट्रिय नाचघर जमलमा उक्त कार्यक्रम गरेर प्रथम हुने विजेतालाई एउटा ल्यापटप उपहार दिने आयोजकले जनाएको छ । यस्तै, द्वितीय र तृतीय हुनेलाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए।

संस्थाले २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीहरूको सहभागितामा वेबसाइट कम्पिटिसन सम्बन्धी कार्यक्रम गर्दै आएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

आईटीलाई नेपालसँग जोड्ने उद्देश्यले उक्त प्रतियोगिता गर्दै आएको अध्यक्ष पोखरेलको भनाइ छ।

नेपालमै विज्ञ उत्पादन गरेर आईटी क्षेत्रमा पनि नेपालीले  प्रशस्त काम गर्न सक्छन् र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।

प्रतियोगितामा एसईई दिएर बसेका जुनसुकै विद्यार्थी पनि सहभागी हुन पाउने छन् । विज्ञहरूको सहायतामा उत्कृष्ट २० विद्यार्थीहरू छनोट गरिएको र ती मध्ये १० उत्कृष्ट हुँदै पहिलो र दोस्रो छानिने छन् ।

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ३८ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित