५ अंकले घट्यो नेप्से, फाइनान्स बढ्दा अन्य सबै समूह राताम्य  « Khabarhub

५ अंकले घट्यो नेप्से, फाइनान्स बढ्दा अन्य सबै समूह राताम्य 


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो अर्थात् आइतबार नेपाल स्टक एक्सजेञ्ज (नेप्से) राताम्य भएको छ । फाइनान्समा उत्साह आउँदा अन्य समूहमा भने निराशा देखिएको छ ।

आज नेप्से ५.३७ अंकले घट्दा नेप्से परिसूचक २०६२.९४ विन्दु कायम भएको छ । आइतबार ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ बराबरको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर ६१ हजार ५१३ पटक किनबेच भएको छ ।

फाइनान्स समूह १२८.५३ अंकले बढ्दा ७८ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । मूल्य बढेका कम्पनीहरूमा सकारात्मक सर्किट हान्नेमा पनि अधिकांश फाइनान्स र लघुवित्त रहेका छन् ।

आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको शेयर मूल्य घट्दा लघुवित्त र म्युचल फण्डको मूल्य बढी घटेको छ । आज होटल एण्ड टुरिजम समूह ५८.७४ अंकले घट्दा आज कारोबार भएका ३१७ वटा कम्पनीमध्ये १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स आज पनि राताम्य भएको छ । आज सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । पोखराको आज १७ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी रिलायन्स फाइनान्स शेयर कारोबार भएको छ । रिलायन्सको ३ लाख ९ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : ३३ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको