रवि लामिछानेका समर्थकलाई करिश्माले भनिन् ‍– भेडो सोझो हुन्छ, खराब होइन ! « Khabarhub

रवि लामिछानेका समर्थकलाई करिश्माले भनिन् ‍– भेडो सोझो हुन्छ, खराब होइन !


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार रवि लामिछानेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि अभिनेत्री करिश्मा मानन्धर लामिछानेका समर्थकको तारो बनेकी छिन् ।

पूर्व सहकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणको विषयमा प्रहरीले लामिछानेलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा लामिछानेको समर्थनमा आवाज उठेको छ । प्रहरीले अनुसन्धानका लागि प्रक्राउ गरेपछि उनका समर्थकले नाराबाजी गरेका छन् । त्यसपछि करिश्माले रवि लामिछानेको नाम नलिई एक स्टाटस लेखेकी थिइन् । स्टाटसमार्फत उनले भनेकी छिन्, ‘राज्यले गर्नुपर्ने कामकाज निजी तबरबाट हुनु खतरनाक हुन्छ, नत्र किन चाहियो संसद, संविधान र राज्य संयन्त्र ?’

उनले फेसबूकमा ‘भेडाहरुको कोलाहल’ भनेर रवि लामिछानेका समर्थकलाई इंगित गरेपछि समर्थकले उनको विरोध गरेका हुन् ।

विवादमा तानिएपछि उनले पुनः अर्को स्टाटस लेख्दै आफूले जनतालाई भेडा नभनेको बताएकी छिन् ।

‘अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिएँ, त्यसमा जनतालाई भेडा भनेको होइन, भेडो सोझो हुन्छ खराब होइन, त्यो भेडोपनलाई इंकित गरेकी हुँ,’ उनले लेखेकी छिन्, ‘कतिपय अवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउँछ, कतिपय कुरामा राज्यको काम कारबाही असहज हुन्छ, हामी एउटा कानूनी राज्यमा बस्छौँ, कि त यो देशको कानून नमान्न प–यो कि, राज्यलाई सहयोग पु–याउन प–यो ।’

उनले यदि कसैले आफूलाई भेडा भनेको भन्ने लागेको भए माफी गरिदिन पनि आग्रह गरेकी छिन् ।
यस्तो छ उनको स्टाटसः

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ५० बजे

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबिबिएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू