तारकेश्वर नगरले तेस्रोलिङ्गीलाई मासिक ५ हजार भत्ता दिने « Khabarhub

तारकेश्वर नगरले तेस्रोलिङ्गीलाई मासिक ५ हजार भत्ता दिने


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक ५ हजार रुपैयाँ हजार प्रोत्साहन भत्ता दिने भएको छ ।

उक्त प्रोत्साहत भत्ता नगरक्षेत्रमा स्थायी बसोबास गरेर पहिचान खुलेकाहरूलाई दिन लागिएको हो ।

तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएकाहरूलाई आर्थिक वर्ष २०८१/८२ देखि मासिक ५ हजार दिने भएको हो ।

नगरप्रमुख कृष्णहरि महर्जनले संविधानको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ता दिन लागिएको जानकारी दिए ।

नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ ।

संविधानको परिकल्पनाअनुरुप नगरपालिकाले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको महर्जनले बताए ।

लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम गरी हिंसामुक्त समाज बनाइने उनले बताए ।

नगरप्रमुख महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था बनाएर व्यावसायिक विकास, सीपमूलक तालिम चलाइने बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : ११ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या