तारकेश्वर नगरले तेस्रोलिङ्गीलाई मासिक ५ हजार भत्ता दिने « Khabarhub

तारकेश्वर नगरले तेस्रोलिङ्गीलाई मासिक ५ हजार भत्ता दिने


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकाले तेस्रोलिङ्गीलाई मासिक ५ हजार रुपैयाँ हजार प्रोत्साहन भत्ता दिने भएको छ ।

उक्त प्रोत्साहत भत्ता नगरक्षेत्रमा स्थायी बसोबास गरेर पहिचान खुलेकाहरूलाई दिन लागिएको हो ।

तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएकाहरूलाई आर्थिक वर्ष २०८१/८२ देखि मासिक ५ हजार दिने भएको हो ।

नगरप्रमुख कृष्णहरि महर्जनले संविधानको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ता दिन लागिएको जानकारी दिए ।

नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ ।

संविधानको परिकल्पनाअनुरुप नगरपालिकाले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको महर्जनले बताए ।

लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम गरी हिंसामुक्त समाज बनाइने उनले बताए ।

नगरप्रमुख महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था बनाएर व्यावसायिक विकास, सीपमूलक तालिम चलाइने बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : ११ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर