न्यूरोडलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्तावको विरोधमा तीनै दलका जनप्रतिनिधि « Khabarhub

न्यूरोडलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्तावको विरोधमा तीनै दलका जनप्रतिनिधि


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ सडक (न्यूरोड) क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रस्तावको वडाअध्यक्षहरूले विरोध गरेका छन् ।

काठमाडौं महानगरस्थित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाअध्यक्षहरूले मेयर साहको उक्त प्रस्तावमाथि सामूहिक रुपमा संशोधन प्रस्ताव हालेका हुन् ।

काठमाडौं महानगर-३२ का वडाअध्यक्ष नवराज पराजुलीले अहिले नै नयाँ सडक क्षेत्रलाई ‘नो भेहिकल जोन’बनाउने प्रस्ताव व्यवहारिक हुन नसक्ने बताए ।

वडाअध्यक्ष पराजुलीले नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने गरी नगरसभामा आएको प्रस्ताव हटाउनुपर्ने बताएका छन् ।

‘यो कुरा तीनै दलका वडाअध्यक्षहरूले सर्वसम्मत सहमति गरेर ल्याएका हौँ’, उनले भने, ‘नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू, नेपाली कांग्रेसबाट निर्वाचित र एकीकृत समाजवादीबाट निर्वाचितले मिलेर यो खाका बनाएका हौँ । अहिलेलाई नयाँ सडक क्षेत्र ‘नो भेहिकल जोन’ हुन सक्दैन।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ०८ बजे

च्याम्पियन्स लिग : फाफोसविरुद्ध युभेन्टसको महत्त्वपूर्ण जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा युभेन्टस विजयी

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा– बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा म्यानचेस्टर सिटी

पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व

आर्सनलको जितमा नोनी बने नायक : ब्रुग ३–० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेलमा आर्सनल विजयी भएको