निर्जीवन बीमा कम्पनीको ११ महिनाको आम्दानी ३६ अर्ब  « Khabarhub

निर्जीवन बीमा कम्पनीको ११ महिनाको आम्दानी ३६ अर्ब 


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३६ अर्ब आम्दानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीले ११ महिनामा ३६ अर्ब ५६ करोड ९१ लाख आम्दानी गरेका हुन् । 

निर्जीवन बीमा कम्पनीको आम्दानी गत वर्षको ११ महिनाको तुलनामा वृद्धि भएको देखिएको छ । गत चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरेको थिए । 

जेठ महिनामा मात्र ३ अर्ब ५० करोड ३ लाख ५३ हजार बराबरको आम्दानी गरेको प्राधिकरणले जनाएको छ । कम्पनीहरूले ११ महिनाको अवधिमा २७ लाख १३ हजार ७१ वटा बीमालेख जारी गरेका छन् भने जेठ महिनामा मात्र २ लाख २५ हजार ३४४ बीमालेख जारी गरेका छन् ।
कर्णाली प्रदेशमा कम बीमा जारी 

कर्णाली प्रदेशमा सबैभन्दा कम बीमा जारी भएको छ भने सबैभन्दा बढी बागमती प्रदेशमा भएको छ । कर्णाली प्रदेशमा ५६ हजार ५८ वटा बीमालेख जारी भएको छ भने बागमती प्रदेशमा ११ लाख ६४ हजार २१९ बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, कोशीमा ३ लाख ४५ हजार ३८०, मधेसमा २ लाख ९३ हजार २६८, गण्डकीमा २ लाख ७४ हजार ४३८, लुम्बिनीमा ४ लाख ४० हजार ४६२ र सुदूरपश्चिममा १ लाख ३९ हजार ३४६ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : ०५ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ