रूसमा आतंकवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु | Khabarhub Khabarhub

रूसमा आतंकवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

मस्को– दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी गराएको छ ।

दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्टदागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति भएको हो ।

दागेस्तान गणतन्त्रका प्रमुख सर्गेई मेलिकोभले स्थिति नियन्त्रणमा आइसकेको बताएका छन् । उनका अनुसार डर्बेन्टसिथ्त सभाघरमा आक्रमणको क्रममा लगाइएको आगो पूर्ण रूपमा निभाइएको छ । 

सशस्त्र आक्रमणमा संलग्न छ जना सशस्त्र व्यक्ति मारिएको मेलिकोभले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा उल्लेख छ । ‘आतंकवादी’ आक्रमणमा संलग्न समूहलाई पक्राउ गर्न कानून प्रवर्तन अधिकारीलाई खटाइसकिएको उनले बताए । 

उत्तरी ककेशियन क्षेत्रमा अवस्थित दागेस्तान देशको सबैभन्दा भाषिक र जातीय विविधता भएको क्षेत्रमध्ये एक हो ।

आक्रमणपछि रूसको यहूदी समुदाय महासङ्घका अध्यक्ष अलेक्ज्यान्डर बोरोडाले दागेस्तानमा भएको आक्रमणपछि आउनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि उक्साहटमा नलाग्न स्थानीयलाई आग्रह गर्नुभएको छ । 

स्थानीय अधिकारीका अनुसार मखचकलाडरबेन्टमा हुने सबै मनोरञ्जन कार्यक्रमहरू अर्को सूचना नहुँदासम्मका लागि रद्द गरिएको छ ।

सरकारी तथ्याङ्क अनुसार मार्च २२ मा मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतङ्कवादी आक्रमण र आगजनीमा कम्तिमा १४४ जनाको मृत्यु हुनुका साथै ५५१ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : ०८ बजे

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा

राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल