संसद्‍मा गृहमन्त्रीको जवाफ : जीबीलाई आकाश, पातल जहाँ भए पनि निकाल्छौँ « Khabarhub

संसद्‍मा गृहमन्त्रीको जवाफ : जीबीलाई आकाश, पातल जहाँ भए पनि निकाल्छौँ


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न गीतेन्द्रबाबु राई (जीबी) लाई मलेसियाबाट ल्याउने प्रयास भइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले राईलाई ल्याउन मलेसिया सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।

उनले जीबी राई पक्राउ ब्यग्र प्रतीक्षाको विषय भएको भन्दै उनले कूटनीतिक प्रयासबाट नेपाल ल्याउन सरकार सफल हुने विश्वास व्यक्त गरे ।

उनले मलेसिया सरकारले माग गरेअनुसारको पत्रसमेत पठाइसकेको जानकारी दिए । राई फरार रहेको ८ महिनापछि आफू सरकारमा आएको भन्दै उनलाई आकाश पातलबाट खोज्न इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताए ।

त्यस्तै उनले विभिन्न प्रकरणका फाइलहरू आफूले खोलेको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिए ।

लामिछानेले गिरिबन्धु टी-स्टेट प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उजुरीको प्रतीक्षा गरेर बसेको भन्दै कुनै पनि काण्डमा फाइल नखोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

लामिछानेले बालमन्दिर, सरकारी छाप किर्ते, सेन्चुरी बैक र बाँसबारी जुत्ता लगायतका फाइलहरू खुलेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : १५ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ