अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु « Khabarhub

अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले बताए । उनले भने, “यहाँ ९७ सडक दुर्घटना हुँदा करिब एक सय ६१ जना घाइते र ४८ जनाको मृत्यु भयो ।”

द्वन्द्वग्रस्त मुलुकमा सडकको कमजोर अवस्था, लापरवाही सवारी चलाउने र यात्राका क्रममा सुरक्षा उपायको अभाव जस्ता घातक सडक दुर्घटनाका कारण हुन् ।

यस वर्ष अफगानिस्तानमा इद अल–अधाको बिदा सुरुमा तीन दिनसम्म रहने घोषणा गरिएको थियो तर पछि पाँच दिनसम्म लम्ब्याइएको छ ।

अप्रिलमा इद अल–फित्रको चार दिने बिदामा अफगानिस्तानमा सडक दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने एक सय ८५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : ५१ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका