तीन दिनको बीचमा अस्ट्रेलियालाई तीन ठूला झट्का « Khabarhub

तीन दिनको बीचमा अस्ट्रेलियालाई तीन ठूला झट्का


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पछिल्ला तीन दिनभित्र अस्ट्रेलियनले क्रिकेट टोलीले तीन ठूला झट्का ब्यहोरेको छ ।

आइतबार मात्रै दक्षिण एसियाली टोली अफगानिस्तानले अस्ट्रेलियालाई हराउँदै अहिलेसम्मकै ठूलो उलटफेर गरिदिएको थियो ।

त्यसपछि सोमबार राति अस्ट्रेलियालाई भारतले २४ रनले हराइदिएको थियो । जसले अस्ट्रेलियाको विश्वकप यात्रा धर्मराएको थियो ।

यसँसगै सन् २०२३ को वान डे विश्वकपमा भारतलाई मिलेको हारको बदला पनि पूरा भएको थियो ।

मंगलबार मात्रै अफगानिस्तानले बंगलादेशविरुद्ध जित निकाल्दै अस्ट्रेलियालाई टी-२० विश्वकप क्रिकेटबाट घरको बाटो देखाइदियो ।

अफगानिस्तानले बंगलादेशलाई हराउँदा अस्ट्रेलियन टोली टी२० विश्व कपबाट बाहिरिएको छ । अस्ट्रेलियाको आशा नै बंगलादेशको जितमा टिकेको थियो ।

कम रन बनेको यस खेलमा कुनै बेला बंगलादेशको टिम आफैं त बाहिरिन्छ नै अफगानस्तानलाई पनि घर पठाउने देखिएको थियो ।

यसको फाइदाअस्ट्रेलियालाई हुनेवाला थियो तर अफगानिस्तानका बलरले गजब पुनरागमन गर्दै लगातार विकेट लिएर सम्झनलायक जित निकाले ।

यससँगै सेमिफाइनलका चार टिम तय भएका छन् । अब अफगानिस्तानले पहिलो सेमिफाइनल खेलमा २७ जुनमा दक्षिण अफ्रिकासँग खेल्ने छ ।

उता भारतीय टोलीले दोस्रो सेमिफाइनलमा इङंल्यान्डसँग खेल्नेछ । यससँगै पछिल्ला तीन दिनयता अस्ट्रेलियन टोलीलाई तीन ठूला झट्का लागेको छ।
विज्ञापन

आजको खेलमा पहिले ब्याटिङ गर्दै अफगानिस्तानले पूरै २० ओभरमा केबल ११५ रन बनाएको थियो ।

जवाफमा बंगलादेशको टोली १७.५ ओभरमै १०५ रन बनाउँदै अलआउट भयो । बर्षाका कारण उसलाई १९ ओभरमा ११४ रनको चुनौती मिलेको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : २९ बजे

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को

रास्वपालाई कसैले ढाल्न सक्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।