तीन दिनको बीचमा अस्ट्रेलियालाई तीन ठूला झट्का « Khabarhub

तीन दिनको बीचमा अस्ट्रेलियालाई तीन ठूला झट्का


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पछिल्ला तीन दिनभित्र अस्ट्रेलियनले क्रिकेट टोलीले तीन ठूला झट्का ब्यहोरेको छ ।

आइतबार मात्रै दक्षिण एसियाली टोली अफगानिस्तानले अस्ट्रेलियालाई हराउँदै अहिलेसम्मकै ठूलो उलटफेर गरिदिएको थियो ।

त्यसपछि सोमबार राति अस्ट्रेलियालाई भारतले २४ रनले हराइदिएको थियो । जसले अस्ट्रेलियाको विश्वकप यात्रा धर्मराएको थियो ।

यसँसगै सन् २०२३ को वान डे विश्वकपमा भारतलाई मिलेको हारको बदला पनि पूरा भएको थियो ।

मंगलबार मात्रै अफगानिस्तानले बंगलादेशविरुद्ध जित निकाल्दै अस्ट्रेलियालाई टी-२० विश्वकप क्रिकेटबाट घरको बाटो देखाइदियो ।

अफगानिस्तानले बंगलादेशलाई हराउँदा अस्ट्रेलियन टोली टी२० विश्व कपबाट बाहिरिएको छ । अस्ट्रेलियाको आशा नै बंगलादेशको जितमा टिकेको थियो ।

कम रन बनेको यस खेलमा कुनै बेला बंगलादेशको टिम आफैं त बाहिरिन्छ नै अफगानस्तानलाई पनि घर पठाउने देखिएको थियो ।

यसको फाइदाअस्ट्रेलियालाई हुनेवाला थियो तर अफगानिस्तानका बलरले गजब पुनरागमन गर्दै लगातार विकेट लिएर सम्झनलायक जित निकाले ।

यससँगै सेमिफाइनलका चार टिम तय भएका छन् । अब अफगानिस्तानले पहिलो सेमिफाइनल खेलमा २७ जुनमा दक्षिण अफ्रिकासँग खेल्ने छ ।

उता भारतीय टोलीले दोस्रो सेमिफाइनलमा इङंल्यान्डसँग खेल्नेछ । यससँगै पछिल्ला तीन दिनयता अस्ट्रेलियन टोलीलाई तीन ठूला झट्का लागेको छ।
विज्ञापन

आजको खेलमा पहिले ब्याटिङ गर्दै अफगानिस्तानले पूरै २० ओभरमा केबल ११५ रन बनाएको थियो ।

जवाफमा बंगलादेशको टोली १७.५ ओभरमै १०५ रन बनाउँदै अलआउट भयो । बर्षाका कारण उसलाई १९ ओभरमा ११४ रनको चुनौती मिलेको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : २९ बजे

पालिकास्तरीय बाल कचहरी : बालविवाह अन्त्य गर्न माग

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज

तनहुँ– तनहुँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार

एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो

महबाट करोडको कारोबार

कैलाली– परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै