मुख्यमन्त्री सिंहले गराए प्रादेशिक अस्पतालमै शल्यक्रिया  « Khabarhub

मुख्यमन्त्री सिंहले गराए प्रादेशिक अस्पतालमै शल्यक्रिया 


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टाउकामा भएका सिस्टको शल्यक्रिया प्रदेश सरकार मातहतमा रहेको मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा गराएका छन् । जनकपुरधाममा निजी क्षेत्रका सुविधासम्पन्न अस्पताल हुँदाहुँदै पनि उनले सरकारी अस्पतालमा शल्यक्रिया गराएका हुन् ।

मुख्यमन्त्री सिंह प्रतिष्ठानका कुलपति समेत हुन् । मुख्यमन्त्री सिंहको टाउकामा भएको सिस्टको शल्यक्रिया करिब १५ मिनेटसम्म भएको र त्यसपछि उनी सामान्य अवस्थामा कामकाजमा फर्किसकेको शल्यक्रियामा संलग्न सर्जन डा. अश्विनी यादवले बताए ।

शल्यक्रियामा उनीलगायत अर्का सर्जन डा.राकेश पण्डित, एनेस्थेस्टिक डा. सञ्जय यादव र डा. सन्दीप शर्मालगायतको समूह संलग्न थियो ।

शल्यक्रियाअघि मुख्यमन्त्री सिंहले अस्पतालका विभिन्न सेवा निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले अस्पतालमा थप पूर्वाधार विकास, जनशक्ति र सरसफाइ व्यवस्थापन आवश्यक रहेको भन्दै ती कामका लागि प्रदेश सरकारले अग्रसरता लिने बताए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहलाई अस्पतालको वस्तुस्थितिबारे प्रतिष्ठानका उपकुलपति डा.अंकुर साह र रजिस्ट्रार डा.विनोदकुमार यादवलगायतले जानकारी गराएका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : २५ बजे

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ– भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको

सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको सिटी स्क्यान मेसिन