सीआईबीबाट आएको भनेर जसले लुटे दुई करोड रुपैयाँ, योजनाकार फरार « Khabarhub

सीआईबीबाट आएको भनेर जसले लुटे दुई करोड रुपैयाँ, योजनाकार फरार

चारजना समातिए, ३६ लाख रुपैयाँ पनि बरामद


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी भएको बताउँदै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको दधिकोटका डिल्लीराज राउतको घरमा लुटपाटमा संलग्न चारजनालाई सार्वजनिक गरेको हो।

उक्त लुटपाटमा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीमबहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई र सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोहरालाई सार्वजनिक गरिएको हो ।

लुटपाटमा संलग्न कुलबहादुर खत्री अझै फरार छन् । कुलबहादुरका भाञ्जा डिल्लीराज राउतको घरमा नगद रहेको जानकारी पाएपछि उनैले नै लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ ।

लुटपाटका लागि कुलबहादुरले वैदेशिक रोजगारमा जान काठमाडौं आएका युवाहरूलाई प्रयोग गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

लुटपाटको रकम उनीहरूले बाँडफाँटसमेत गरिसकेको खुलेको छ। त्यसमध्ये केही खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट ३६ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : ४१ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६