प्रादेशिक अस्पताल परिसरका सटर हटाउन प्रदेश ५ को अल्टिमेटम « Khabarhub

प्रादेशिक अस्पताल परिसरका सटर हटाउन प्रदेश ५ को अल्टिमेटम


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउन प्रदेश–५ सरकारले तीन महिने अल्टिमेटम दिएको छ । अस्पताल परिसरमा रहेका ७२ वटा सटरहरु टेण्डरमार्फत भाडामा लगाईएको दुई महिना नबित्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले ती सटरहरु भत्काउन अल्टिमेटम दिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्ड डा.कृष्ण खनालले पनि मन्त्रालयबाट सटरहरु भत्काउनेबारे पत्र आएको जानकारी दिँदै छिट्टै बैठक बसेर व्यवसायीहरुलाई सूचना दिने बताएका छन् । मन्त्रालयले सटरहरु भत्काएर बाहिरबाट अस्पतालको संरचना प्रष्ट देखिने गरी होचा पर्खाल लगाउने र खाली जमिनमा बँगैचा निर्माण गर्ने योजना रहेको बताएको छ ।

गत फागुन २८ गते टेण्डर आव्हान भई यही जेठ २९ गतेदेखि लागू हुने गरी व्यवसायीहरुसँग सम्झौता भएकाले तत्काल टेण्डर सम्झौता गरेर बसेका व्यवसायीहरुलाई हटाउन भने कठिन हुने व्यवसायीहरुको भनाइ छ ।

७२ वटा सटरबाट यसअघि अस्पताललाई बार्षिक ७ करोडभन्दा बढी आम्दानी हुने गरेको बताईएको छ ।

यता प्रदेश सरकारको सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने अस्पताललाई सटरबाट हुने आम्दानी मन्त्रालयले नै उपलब्ध गराउने भएकाले सटर राख्न आवश्यक नभएको बताएका छन् । तीन महिनाको सूचना दिएर खाली गराउन सकिने व्यवस्था भाडा सम्झौतामा नै उल्लेख रहेकाले व्यवसायीहरुलाई हटाउन कुनै समस्या नहुने मन्त्री बरालको भनाई छ । मन्त्री बरालले प्रादेशिक अस्पताल विस्तार गर्नको लागि मन्त्रालयले उक्त निर्णय गरेको बताउँदै अरु पुराना भवनहरु पनि भत्काउने जानकारी दिए ।

प्रदेश सरकारको निर्णयको विरोध

प्रादेशिक अस्पताल परिसरमा निर्माण गरी भाडामा लगाइएको सटर भत्काउने प्रदेश सरकारको निर्णयलाई व्यवसायीहरुले भने विरोध गरेका छन् ।

सटर व्यवसायी संघका अध्यक्ष केदार नेपालले व्यवसायीहरुसँग नयाँ सम्झौता गरेर एक्कासी यस्तो निर्णय गर्नुले मेडिकल व्यवसायीहरुको २० औं करोड रुपैयाँ गुम्ने अवस्था आएको बताए ।

नयाँ टेण्डरमार्फत गरिएको ५ वर्षे सम्झौताको मसी सुक्न नपाउँदै प्रदेश सरकारले गरेको निर्णयले व्यवसायीहरुको उठीबास हुने तर्क गरे ।

नेपालका अनुसार अस्पताल परिसरमा रहेका सटर व्यवसायीहरुले एक महिना अगाडि धरौटी वापत अस्पताललाई ४ महिनाको भाडा बुझाई सकेका छन् ।

प्रदेश सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिनु पर्ने अवस्था आएको भन्दै उनीहरुले आवश्यक क्षति पूर्ति एवं विकल्प दिईनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ०० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको