पार्टी बलियो बनाऔँ, अहिले सरकारतिर हेर्दै नहेरौँ : गगन थापा « Khabarhub

पार्टी बलियो बनाऔँ, अहिले सरकारतिर हेर्दै नहेरौँ : गगन थापा


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन जित्ने गरी काम गर्न पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

काठमाडौंमा मंगलबार आयोजित भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सरकारतिर ध्यान नदिई २०८४ को निर्वाचन जित्ने गरी काम गर्न पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

महामन्त्री थापाले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरूलाई नै छोडिदिन पनि आग्रह गरे ।

‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी, जो-जोले चलाएका छन्, चलाउन दिऔँ, चलाऊन्,’ उनले भने, ‘सरकारतिर हामी हेर्दै नहेरौँ । र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔँ ।’

आगामी चुनावमा ४० प्रतिशत मत ल्याउन सक्ने गरी अगाडि बढिए अहिलेकै निर्वाचन प्रणालीमा एकल सरकार चलाउने तागतमात्रै नभएर कांग्रेससँग संविधानमा लेखिएका कुराहरू सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने तागत हुने थापाको भनाइ थियो । 

‘२०८४ मा कम्तिमा पनि सय सिट जित्ने गरी र ४० प्रतिशत मत ल्याउन सक्ने गरी गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरूलाई सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने त्यो तागत पनि कांग्रेसले राख्छ,’ उनले भने ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ५ : १९ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा