अवैध रुपमा बालुवा उत्खनन, ३ ट्याक्टरसहित चालक पक्राउ « Khabarhub

अवैध रुपमा बालुवा उत्खनन, ३ ट्याक्टरसहित चालक पक्राउ


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदीबाट अवैध रुपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याक्टर लाई चालक सहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको कमाण्डमा अस्थाई प्रहरी चौकी छेदी चौक समेतको टोलीले अवैध बालुवा ल्याइरहेको तीनवटा ट्याक्टर र बालकहरू लाई नियन्त्रणमा लिएको हो। 

ना७ त ३३८० ,ना७ त ५६६३ ना७ त ९४१९ नम्बरको ट्याक्टर र चालकहरु गुजरा नगरपालिका ४ पोखरभिन्डाका सकलु माझी, वडा ६ बेदौलिका दिपेश कुमार यादव र कटहरिया १ भासेढवाका सुकेश यादव लाई नियन्त्रणमा लिएको सई शर्माले बताएका छन्।

बरामद गरिएको तीनवटै ट्याक्टर इलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको तथा चालक तीनैजना लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको उनले जानकारी दिएका छन्।

उता रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै असार लागेपछि नदी खोला उत्खननमा प्रतिबन्ध भएको जानीजानी अटेरी गरेका तीनैजना चालक माथि केही अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ५६ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले