युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा « Khabarhub

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अस्ट्रिया समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाका लागि रोमानो स्मिड र मार्सेल साबिट्जरले एक–एक गोल गरेका थिए । एक गोल भने नेदरल्याण्ड्सबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

यस्तै, नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपायले एक–एक गोल गरेका थिए ।

खेलको छैटौँ मिनेटमा नेदरल्याण्ड्सका डोनयेल मालेनले गरेको आत्मघाती गोलसँगै अष्ट्रियाले सुरुवाती अग्रता लिएको थियो । तर ४७औँ मिनेटमा गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ५९औँ मिनेटमा स्मिडले गोल गर्दै अष्ट्रियालाई २–१ गोलले अघि बढाए । तर ७५औँ मिनेटमा नेदरल्याण्ड्सका डिपायले गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुग्यो ।
त्यसपछि ८०औँ मिनेटमा अष्ट्रियाका मार्सेलले गरेको गोलसँगै अष्ट्रिय ३–२ गोलले विजयी भयो ।

यो जितसँगै अष्ट्रिया ३ खेलबाट ६ अंकका साथ शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । यस्तै दोस्रो स्थानको फ्रान्सको ५ अंक छ भने नेदरल्याण्ड्सको ४ अंक छ । जितविहीन पोल्यान्ड १ अंक जोड्दै बाहिरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : २९ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी