कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु, ६ जना घाइते | Khabarhub Khabarhub

कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु, ६ जना घाइते


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जोशीपुर–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।

बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका डगौरा र चौधरीको मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

डगौरालाई आफन्तले स्थानीय महापार्वती क्लिनिकमा लगेका थिए । उनको त्यहीँ मृत्यु भएको हो ।

त्यस्तै, चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ११ : ३५ बजे

कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट 

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका संसदीय

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

पथरी –यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ

घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै

मुम्बई- बलिउडका चर्चित कलाकार सैफ अली खानलाई उनको घरमै पसेर

भूकम्पको संवेदनशीलता बुझेर सुरक्षित संरचना निर्माण गरौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले विश्वका विभिन्न मुलुकसँगै नेपाल पनि भूकम्पको जोखिम