काडाँघारीको आइडियल सहकारीका सञ्चालक भागे, बचतकर्ता आन्दोलित « Khabarhub

काडाँघारीको आइडियल सहकारीका सञ्चालक भागे, बचतकर्ता आन्दोलित


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको काँडाघारीस्थित आइडियल यमुना सहकारी संस्थाका सञ्चालहरू फरार भएका छन् ।

उक्त सहकारीका अध्यक्ष केबी उप्रेती, महाप्रबन्धक जानुका र सरु, म्यानेजर कमला गजुरेल र लेखापाल सरिता ढुंगेल फरार भएका हुन् ।

उनीहरू फरार भएपछि अहिले बचतकर्ता आन्दोलित भएका छन् । उनीहरूले सञ्चालक तथा व्यवस्थापन समितिका सदस्यहरूको सम्पत्ति जफत गरी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही माग गरेका छन् ।

बुधबार अनामनर आइपुगेका पीडितहरूले सहकारीका कार्यकारी अधिकृत कुयाङ लामाको दिदी-बहिनी प्रेस घेरेका छन् ।

अनमानगरस्थित उक्त प्रेस कुयाङकी श्रीमतीको नाममा रहेको छ। कुयाङले उक्त प्रेस भाइलाई रेखदेखको जिम्मा दिएको थाहा पाएपछि पीडितहरू आन्दोलित हुँदै घेर्न आइपुगेका हु्न् ।

पीडितहरू आफ्नो पैसा फिर्ता नभए बौद्धस्थित कुयाङको घर पनि घेर्ने योजना बनाएका छन्। सहकारीका पीडितहरूले ब्यानरमा भएको सञ्चालकहरूको फोटोमा कालो टीकासमेत लगाइदिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : २६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा