सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ | Khabarhub Khabarhub

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेका संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले बुधबार बताएका छन् ।

उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन् ।

सेना प्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना ९एसएएफ० र उहाँका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलेको छ ।

सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ र यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटलाई जन्म दिएको छ ।चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिकहरू भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् ।

“एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकहरूलाई भोकै मारिरहेका छन्”, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञहरूले भने ।

उनीहरूले आरएसएफ नियन्त्रण बाहिर डार्फरको अन्तिम शहर एल–फाशरको जारी घेराबन्दीमाथि प्रकाश पारेका छन् । यसले लाखौँ नागरिक फँसेको थिए भने खाना र पानीको चरम अभावको बीचमा भोक र तिर्खाबाट पीडित भएका थिए ।

विज्ञहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवता विरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताए। उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि आग्रह गरे ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १० : ४६ बजे

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।