सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेका संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले बुधबार बताएका छन् ।

उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन् ।

सेना प्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना ९एसएएफ० र उहाँका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलेको छ ।

सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ र यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटलाई जन्म दिएको छ ।चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिकहरू भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् ।

“एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकहरूलाई भोकै मारिरहेका छन्”, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञहरूले भने ।

उनीहरूले आरएसएफ नियन्त्रण बाहिर डार्फरको अन्तिम शहर एल–फाशरको जारी घेराबन्दीमाथि प्रकाश पारेका छन् । यसले लाखौँ नागरिक फँसेको थिए भने खाना र पानीको चरम अभावको बीचमा भोक र तिर्खाबाट पीडित भएका थिए ।

विज्ञहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवता विरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताए। उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि आग्रह गरे ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १० : ४६ बजे

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते

एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा

रास्वपा सभापतिमा रवि नै दोहोरिने सम्भावना छ : कविन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने