बोक्सीको आरोप एक महिलालाई अन्य महिलाले खुवाए मलमूत्र « Khabarhub

बोक्सीको आरोप एक महिलालाई अन्य महिलाले खुवाए मलमूत्र


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच/छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए ।

सो घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी टोलीघटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको पाइएकाले उद्धार गरी उपचारका लागि अस्तपताल पठाएको थियो । घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगेका छन् भने अन्य महिलाको खोजबिन भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ५ : १४ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको