पत्रकार महासंघको उम्मेदवारी दर्ता शनिबार « Khabarhub

पत्रकार महासंघको उम्मेदवारी दर्ता शनिबार


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघको यही असार २२ गते हुने निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ ।

शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ ।

त्यस्तै शनिबार राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी विरोध शनिबार राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ ।

उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  १२ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना