राजदूत फिर्ता बोलाइएकोमा एनपी साउदको आपत्ति « Khabarhub

राजदूत फिर्ता बोलाइएकोमा एनपी साउदको आपत्ति

नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको दाबी


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेसका सांसद एनपी साउदले विभिन्न ११ मुलुकबाट सरकारले राजदूतहरु फिर्ता बोलाउँदा नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएको छन् ।

प्रतिनिधिसभा बैठकको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेपालले आफ्नो कूटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ,’ नेता साउदले भने, ‘प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिएर फिर्ता बोलाइयो ।

यसले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीच भएको राजदूत भागबण्डाले कूटनीतिक क्षेत्रमा तरंग पैदा गरेको उनको भनाइ थियो ।

पूर्व परराष्ट्रमन्त्री साउदले सरकारले छिमेकी राष्ट्रहरु भारत–चीन तथा विश्व शक्तिसँग अपरिपक्व कूटनैतिक व्यवहार गरिराखेको पनि बताए । उनले बीआरआईबारे प्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरिरहेको भन्ने विषयमा प्रतिपक्षसँग संवाद र छलफल नै नभएको उल्लेख गरे ।

साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिँदै नेता साउदले सरकार आफैँलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  २ : १७ बजे

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान