मधेशलाई पर्यटकीय हव बनाउनुपर्छ : मुख्यमन्त्री सिंह « Khabarhub

मधेशलाई पर्यटकीय हव बनाउनुपर्छ : मुख्यमन्त्री सिंह


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव बनाउने योजनामा आफूहरू अग्रसर भएको बताएका छन ।

मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडि बढिसकेको बताउँदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए ।

महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री सिंहलाई पर्यटकीय गन्तव्य बनाउने योजनाहरू सुनाउँदै गौतमले मधेशमा निजी लगानीमा नै पाँच तारे होटलसम्म खुलिसकेको बताए

प्राकृतिकरूपमा वाह्य र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने कयौ ठाउँहरू ओझेलमा परिरहेकोप्रति समर्थन जनाउदै शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदादेवी थापाले पर्यटनबाट नै आर्थिक आधार तयार हुने जिकिर गरिन ।

यता पर्यटन व्यवसायीहरू र जनप्रतिनिधिहरूको योजना सुनेपछि मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

होटलहरु खुलेतापनी पर्यटकहरूलाई रोक्न नसकेको स्वीकार गर्दै थप व्यवस्थापनको जरुरी भएको उनको भनाई छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : ०४ बजे

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा