बोलिभियामा कू प्रयास असफल, सेना प्रमुख पक्राउ « Khabarhub

बोलिभियामा कू प्रयास असफल, सेना प्रमुख पक्राउ


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण अमेरिकी देश बोलिभियामा कू प्रयास असफल भएको छ । बोलिभियाका सैनिकहरूले राजधानी ला पाजस्थित राष्ट्रपति भवनमा आक्रमण गरेका थिए । यसपछि सेनाका शीर्ष जनरल जोसे जुनिगाले केही सेनाका सदस्यहरूसँग सैन्य गाडीमा राष्ट्रपति भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।

तर, उनलाई ३ घण्टामै पक्राउ गरिएको थियो । यो बोलिभियन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । बोलिभियाका सुरक्षा बलहरूले सहरको मुख्य चौकलाई घेरेका थिए । त्यसपछि सेनाको गाडी राष्ट्रपति भवनको ढोकामा ठोक्कियो । यसै क्रममा सिपाहीहरूले भित्र पस्ने प्रयास गरे ।

प्रधानसेनापति जनरल होजेले देशमा लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताए । 

आक्रमणको केही समयपछि सेना पछि हट्यो र जनरल होजेलाई गिरफ्तार गरियो। असफल विद्रोहपछि राष्ट्रपतिले लोकतन्त्र जोगाउन देशका जनता एकजुट हुनुपर्ने बताए । उनले यो बोलिभियन जनता र लोकतन्त्रको जित भएको बताए ।

बोलिभियाका स्थानीय सञ्चारमाध्यमका अनुसार जनरल जोसलाई यसै हप्ता उनको पदबाट हटाइएको थियो । उनले पूर्व राष्ट्रपति इभो मोरालेसबारे आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि सरकारले यो निर्णय गरेको हो ।

स्थानीय पत्रकारहरूका अनुसार जनरल जोस कू प्रयासको क्रममा केही समयका लागि दरबारमा प्रवेश गरेका थिए। उनीहरुको सुरक्षाका लागि नजिकै मास्क लगाएका सुरक्षाकर्मी तैनाथ गरिएको थियो । सरकारको आलोचना गर्दै प्रधानसेनापतिले पक्राउ परेका केही राजनीतिज्ञ र सेनाका सदस्यलाई रिहा गर्न माग गरेका थिए ।

जनरललाई पक्राउ गरेपछि राष्ट्रपतिले तीनै सेनाका कमाण्डर जनरललाई हटाउने घोषणा गरेको थियो । यसपछि जनरल जोस विल्सन सान्चेजलाई नयाँ सेना प्रमुख नियुक्त गरियो । देशको महान्यायाधिवक्ताको कार्यालयले विद्रोहमा संलग्न जनरल होज र अन्य सैन्य अधिकारीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । उनीहरूलाई कडा सजाय दिइनेछ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १० : ३२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ