एसईई दिएका विकल : घरसँगै पहिरोले पुर्‍यो, पास भएको खुसी बाँड्न पाएनन् « Khabarhub

एसईई दिएका विकल : घरसँगै पहिरोले पुर्‍यो, पास भएको खुसी बाँड्न पाएनन्


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


157.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लमजुङको दोर्दी गाउँपालिका-९, धैरेनी सुनारटोलका १६ वर्षीय विकल सुनार एसईई परीक्षाको नतिजा कुरिरहेका थिए ।

तर जनकल्याण मावि चिति तिलाहरबाट एसईई दिएका विकलले नतिजा हेर्नै पाएनन् । यही मंगलबार रातिको पहिरोले घर पुर्दा उनले ज्यान गुमाए ।

उनी बितेको २४ घण्टापछि बिहीबार एसईई परीक्षाको नतिजा आयो । जसमा उनले २.८० जीपीए ल्याएर उत्तीर्ण गरे । तर उनले आफू पास भएको खुसी बाँड्न पाएनन्, पहिरोले उनलाई सदाका लागि लगिसकेको छ ।

मंगलबार रातिको पहिरोले घर पुर्दा सुतेकै ठाउँमा १६ वर्षीय विकलको ज्यान गयो । पहिरोमा उनका दाजु १८ वर्षीय मिलन सुनार गम्भीर घाइते भए । दाजुभाइ सँगै सुतिरहेको अवस्थामा झरेको पहिरोले घरलाई सोहोर्दा उनीहरू घाइते भएका थिए ।

एसईई नतिजा आउने खबरसँगै प्रतिक्षामा रहेका उनले अब ११ पढ्न पाउने छैनन् । पहिरोसँगै विकलका सबै सपना विलाएका छन् ।

यो सामुदायिक विद्यालयले अन्यभन्दा अब्बल नतिजा पनि निकालेको छ । यस पटक एसईई दिएका ५१ मध्ये विकलसहित २३ जना उत्तीर्ण भएका छन् ।

जसमा ३.६ जीपीएभन्दा बढी १ जना, ३.२ जीपीए ४ जना र २.८ जीपीएसहित यो विद्यालयबाट १७ जना उत्तीर्ण भएका छन् । यीमध्ये विकल उच्च जीपीएसहित पाँचौँ स्थानमा रहँदै यो विद्यालयबाट उत्तीर्ण भएका थिए ।

पहिरोमा पुरिएर घाइते अवस्थामा मिलन र विकललाई उद्धार गरि अस्पताल लगियो । तर दाजु मिलन बाँचे, भाइ विकल सधैँलाई अस्ताए । विकललाई अस्पताल लाँदै गर्दा उनको प्राण गएको दोर्दी गाउँपालिका-९ वडाअध्यक्ष आशीष तामाङले बताए । मिलनको भने जिल्ला अस्पतालमा उपचार जारी छ ।

विकल बितिसकेको २४ घण्टापछि उनी २.८० जीपीए ल्याएर उत्तीर्ण भए । विकलको निधनको खबरले जनकल्याण मावि परिवार स्तब्ध छ ।

विकलकी आमा स्वास्थ्य स्वमय् सेविका हुन् । उनका बुवा किसान हुन् । बुवा रामकाजी सुनारले छोरालाई राम्रोसँग उच्च शिक्षा पढाउन बुनेको सपना तुहिएको छ ।

एकातिर कान्छो छोराको निधनको शोक छ भने अर्कातिर जेठा छोरा मिलनलाई बचाउने चुनौती उनलाई आइपरेको छ । मध्यराति परेको बज्रपातले सुनार परिवारमा सन्नाटा छाएको छ ।

वडाअध्यक्ष तामाङ सुनार परिवारलाई राहतका लागि कोसिसमा छन् । उनले जिल्ला सदरमुकामसम्म पुगेर राहतको पहल गरिरहेका छन् ।

लमजुङमा यो मनसुनमा बाढी पहिरोले ५ जनाको ज्यान गइसकेको छ । अझै पनि त्यहाँ बाढी पहिरोको उच्च जोखिम कायमै छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ४५ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको