एमसीसी सहयोगको सीमापार प्रसारणलाइन निर्माण गर्न हस्ताक्षर « Khabarhub

एमसीसी सहयोगको सीमापार प्रसारणलाइन निर्माण गर्न हस्ताक्षर


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल-भारत सीमापार १८ किलोमिटर प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ । मिलेनियम च्यालेञ्‍ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) र निर्माण कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडबीच प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म जडान हुने सो प्रसारणलाइन अमेरिकी मिलेनियम च्यालेञ्‍ज कर्पोरेशन (एमसीसी) सहायता अन्तर्गतको हो ।

सो प्रसारणलाइन निर्माण लागत एक करोड २३ लाख ६० हजार अमेरिकी डलर (करिब एक अर्ब ६३ करोड रुपैयाँ) हो । २१ महिनाभित्र काम सम्पन्न गर्नेगरी निर्माण ठेक्का भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडले पाएको छ ।

निर्माण सम्झौतामा एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेड प्रतिनिधि अमोल वाङ्खेदेले हस्ताक्षर गरेका हुन्‌ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन (इन्ट्री इन्टु फोर्स-ईआइएफ) चरणमा आएको एक वर्ष पूरा भइसकेको छ ।

एमसीए नेपालले नेपाल र भारतबीचको क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि गर्न प्रसारणलाइन निर्माण सम्झौताले सघाउन पुर्‍याउने दाबी गरेको छ ।

अर्थ मन्त्रालयका सचिव एवम्‌ एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेशनसहित यो १८ किलोमिटर प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउनेसन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने सन्दर्भमा यो प्रसारणलाइन महत्वपूर्ण सेतु भएको बताए ।

समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माण सम्झौताले नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण धारणा राखे । सो प्रसारणलाइनले बाँकी २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने गर्ने उनले बताए ।

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टलेएमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झोता हामीले गरिरहेको प्रगतिको स्पष्ट सूचक भएको दाबी गरे ।

बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसीए–नेपालले तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : २१ बजे

सामुदायिक विद्यालयमा छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा

वालिङ– भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली

अठार वर्षपछि सडक स्तरोन्नति गर्न थालियो

म्याग्दी– मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक

ओली-प्रचण्ड भेट, पद्मा भन्छिन्- एकता र सहकार्यको कुरा भएको छैन

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी