पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग « Khabarhub

पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा दुई दिनसम्म सञ्चालन भएको सङ्घको बागमती प्रदेश सम्मेलनले सो मागसहित १५ बुँदे घोषणापत्र जारी गरेको छ ।

सम्मेलनबाट पारित घोषणापत्रमा प्रदेश सरकारको पुस्तकालय हेर्ने मन्त्रालयमा पुस्तकालय विज्ञान समूहको कम्तीमा अधिकृत सरहको र स्थानीय तहमा राजपत्र अङ्कित प्रथम श्रेणी वा सोसरहको कर्मचारीको अनिवार्य व्यवस्था गर्न माग गरिएको हो ।

साथै सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालन गर्न पुस्तकालय तथा सूचना विज्ञान विषयमा कम्तीमा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको कर्मचारी अनिवार्य राख्न हरेक स्थानीय तहसँग माग गरिएको छ ।

यसैगरी पुस्तकालय ऐन बनाउन, पठन संस्कृतिको विकास गर्न, पुस्तकालयका लागि अन्तरपुस्ता ज्ञान आदानप्रदान गर्ने लगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । सम्मेलनले बागमती प्रदेश कमिटी समेत चयन गरेको ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : ३२ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको