तालिवानद्वारा भारतको प्रशंसा « Khabarhub

तालिवानद्वारा भारतको प्रशंसा


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तान क्रिकेट टोलीलाई सहयोग गरेको भन्दै त्यहाँ शासन चलाइरहेको तालिबानले भारतको प्रसंशा गरेको छ ।

अफगानिस्तान इतिहासमै पहिलोपटक अमेरिका र वेस्ट इण्डिजमा आयोजित विश्वकपकोसेमिफाइनलमा पुगेको थियो ।

तालिबानका विदेशमन्त्री सुहेल शहिनलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानल डब्लूआईओनले जनाएअनुसार अफगानिस्तानको क्रिकेट टिमलाई भारतले लामो समयदेखि सहयोग गर्दै आएको छ ।

त्यसका लागि शहिनले भारतलाई धन्यवाद दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।भारतले अफगानिस्तानको कन्दाहारमा १० लाख अमेरिकी डलर अनुदानमा क्रिकेट रंगशाला निर्माण गरेको छ ।

त्यसैगरी, टेस्ट राष्ट्रको मान्यता पाएयता अफगानिस्तानसँग पहिलो पटकसन् २०१८ भारतीय क्रिकेट टिमले टेस्ट म्याच खेलेको थियो ।त्यस्तै, अफगानिस्तानका रशिद खान, मोहम्मद नबी, मुजिबउर रहमान, रहमनुल्लाह गुर्बजजस्ता अफगान खेलाडीले भारतमाहुने आईपीएल पनि खेल्दै आएका छन् ।

त्यतिमात्र होइन, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले अफगानिस्तको घरेलु मैदानका रुपमा ग्रेटर नोयडा र देहरादुनमा रहेको रंगशाला नै छुट्याएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : २६ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर