युरोकपमा आज इंग्ल्याण्ड र स्लोभाकिया भिड्ने « Khabarhub

युरोकपमा आज इंग्ल्याण्ड र स्लोभाकिया भिड्ने


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी युरोकप फुटबलमा आज इंग्ल्याण्ड र स्लोभाकियाबीच क्वार्टरफाइनलका लागि प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

इंग्ल्याण्ड समूह ‘सी’ मा शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इंग्ल्याण्डले सर्बियालाई हराएको थियो भने डेनमार्क र स्लोभेनियासँग बराबरी खेलेको थियो ।

यस्तै स्लोभाकिया समूह ‘इ’मा तेस्रो स्थानमा रहेर नकआउटमा पुगेको थियो। स्लोभाकियाले बेल्जियमलाई हराएको थियो भने युक्रेनसँग पराजित र रोमानियासँग बराबरी खेलेको थियो ।

इंग्ल्याण्ड र स्लोभाकियाबीच अहिलेसम्म ६ खेल भएका छन् । जसमा इंग्ल्याण्डले ५ खेल जितेको छ भने एक खेल बराबरी भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १० : ४३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष