प्रकाशमानको स्वास्थ्य अवस्थाबारे बुझ्न चाक्सीबारी पुगे देउवा « Khabarhub

प्रकाशमानको स्वास्थ्य अवस्थाबारे बुझ्न चाक्सीबारी पुगे देउवा


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाबारे बुझ्न चाक्सीबारी पुगेका छन् ।

उपचारपछि स्वदेश फर्किएका नेता सिंहको स्वास्थ्य अवस्थाबारे बुभ्mन देउवा आइतबार चाक्सीबारी पुगेका हुन् ।

नेता सिंह स्वास्थ्य उपचार गराएर गत शुक्रबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएका थिए । वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि सुझाएपछि उनी करिब एक महिना अघि प्रोस्टेटको उपचार गर्न नयाँ दिल्ली गएका थिए ।

सुरुमा उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परामर्श गरेका थिए । त्यसपछि उनले ललितपुरस्थित मेडिसिटी अस्पतालमा पनि चेकजाँच र परीक्षण गराएका थिए । तर, यी दुवै अस्पतालमा समस्या पहिचान हुन नसकेपछि नेता सिंह चिकित्सककै सल्लाहमा दिल्ली गएका हुन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ३५ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग