सैपाल हिमालस्थित रानीसैनमा टेलिकमको सेवा सञ्चालन | Khabarhub Khabarhub

सैपाल हिमालस्थित रानीसैनमा टेलिकमको सेवा सञ्चालन


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले सैपाल हिमालस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा यही असार ९ गतेदेखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो ।

हुम्लाको नाम्खा गाउँपालिका–३ माअवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो ।

बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन, चार घण्टा र एकदिन पैदल हिडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीयवासी सोनाम लामाले बताए ।

यो भन्दापहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिव छ सय बासिन्दाले सहज रुपमा आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए ।

सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब तीन हजार छ सय मिटरको उचाईमा अवस्थित यस क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुने छन् ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानादेखि करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पु¥याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले त्यस क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिङ्कर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथाङ्कालगायतका स्थानमा भी–स्याटमार्फत सेवा सञ्चालन गरिए नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १० : १६ बजे

क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

काठमाडौं – क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजियो : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न

यसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने

काठमाडौं – भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले

वर्षाले पुष्पलाल लोकमार्गमा क्षति

बागलुङ – वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको

आगामी तीन दिन पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं – आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको