जापानद्वारा एच-थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण « Khabarhub

जापानद्वारा एच-थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ। 

जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो ।

‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट (एएलओएस–४) लाई मुख्यतया ज्वालामुखी र भूकम्पीय गतिविधि र अन्य भू–गतिविधिलगायत विपद् प्रतिकार्य र नक्सा निर्माणको लागि पृथ्वी अवलोकन र तथ्यांक संकलनको जिम्मा दिइएको छ ।

यसले रक्षा मन्त्रालयले विकास गरेको इन्फ्रारेड सेन्सरको साथ मिसाइल प्रक्षेपणजस्ता सैन्य गतिविधिहरूको निगरानी गर्न पनि सक्षम छ ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहद् कदम’ भएको बताएका छन् । 

उनले भने, ‘मलाई विश्वास छ लगातार भएका दुई सफल उडानहरूले देश भित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ । ‘ 

जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रुपमा सफल भएको बताए। एएलओएस–४ हालको एएलओएस–२ को उत्तराधिकारी हो र यसले धेरै व्यापक क्षेत्र अवलोकन गर्न सक्छ । जापानले तत्कालका लागि दुवै उडानलाई जारी राख्नेछ । 

फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको ‘पे लोड’को साथ नष्ट गर्नुपरेको थियो । 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना