बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस « Khabarhub

बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिँया सहयोग कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने बताएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको हो । 

‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो । 

बीआरआईको कार्यान्वयनका सन्दर्भमा ठूलो ऋणको बोझ भइसक्यो, ऋणको आकार बढाउँदै लैजान हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘धेरै अनुदान सहयोग समेत कार्यन्वयन नभएको अवस्थामा अनुदान लिने गरेरमात्र यसलाई अघि बढाउनुपर्छ, अहिले ऋण लिने अवस्था छैन । एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत हामीले उपयोग गर्न सकेका छैनौँ भने थप ऋण लिएर विकास निर्माण अघि बढाउन सकिन्न भन्ने छलफलको निष्कर्ष रह्यो । अनुदान सहयोग लिने गरेर मात्रै बीआईआई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष निकालेकाले पार्टीको नीति पनि त्यही अनुरूप अगाडि बढ्छ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ३८ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता