सुनको बुद्धमुर्ति भन्दै बेच्ने ३ पक्राउ « Khabarhub

सुनको बुद्धमुर्ति भन्दै बेच्ने ३ पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्मालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट पहेँलो धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

साउन महिनामा जिल्ला प्रहरी कार्यालय कास्कीमा १ सय ६१ वटा मुद्धा दर्ता भएकामा २ सय ९९ जना पक्राउ परेका छन् । जसमध्ये लागुऔषधका मात्रै १७ मुद्धामा ६६ जना पुरुष र ८ जना महिला गरि ७४ जना पक्राउ परेका कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सो अवधिमा बुप्रिनर्फिन ३३१ थान, डाईजापाम ३३१ थान, फेनेरागन ३३१ थान, गांजा ५.९४ केजी र चरेश १२३ ग्राम बरामद गरिएको छ ।

प्रहरीको सक्रियतामा अनुमानित ६३.५ क्वीन्टल गाँजा फडानी गरिएको छ । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका ८४ जनाबाट नगद रु.५ लाख ८० हजार ८ सय बरामद समेत गरिएको कार्कीले जानकारी दिए।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ११ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको