सुनको बुद्धमुर्ति भन्दै बेच्ने ३ पक्राउ « Khabarhub

सुनको बुद्धमुर्ति भन्दै बेच्ने ३ पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्मालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट पहेँलो धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

साउन महिनामा जिल्ला प्रहरी कार्यालय कास्कीमा १ सय ६१ वटा मुद्धा दर्ता भएकामा २ सय ९९ जना पक्राउ परेका छन् । जसमध्ये लागुऔषधका मात्रै १७ मुद्धामा ६६ जना पुरुष र ८ जना महिला गरि ७४ जना पक्राउ परेका कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सो अवधिमा बुप्रिनर्फिन ३३१ थान, डाईजापाम ३३१ थान, फेनेरागन ३३१ थान, गांजा ५.९४ केजी र चरेश १२३ ग्राम बरामद गरिएको छ ।

प्रहरीको सक्रियतामा अनुमानित ६३.५ क्वीन्टल गाँजा फडानी गरिएको छ । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका ८४ जनाबाट नगद रु.५ लाख ८० हजार ८ सय बरामद समेत गरिएको कार्कीले जानकारी दिए।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ११ बजे

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर