राप्रपा संविधान संशोधनको पक्षमा उभिने « Khabarhub

राप्रपा संविधान संशोधनको पक्षमा उभिने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। 

राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो । 

पदाधिकारी बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतकसमेत रहेका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘परिवेश परिस्थिति मूल्यांकन गरेर संविधान संशोधनको पक्षमा उभिन्छ ।’

पदाधिकारी बैठकले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनअनुसार गठन हुने सरकारमा सहभागी हुनेबारेमा भने कुनै निर्णय नगरेको शाहीले बताए । 

प्रमुख सचेतक शाहीले पार्टीका तर्फबाट आफू कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुने पनि जानकारी दिए ।
देउवाले मंगलबार हाल प्रतिपक्षमा रहेका सबै दलहरुलाई छलफलका लागि बूढानिलकण्ठ बोलाएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : ०० बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय