राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत | Khabarhub Khabarhub

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रस्ताव प्रस्तुत गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानी सहजिकरणका लागि आवश्यक व्यवस्था गरिएको बताए । दफावार छलफलमा प्राप्त हुने सुझाव विधेयकमा समेटीने बताउँदै उनले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, अध्यादेशमार्फत ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका बारेमा जानकारी गराएका थिए। 

मन्त्री भण्डारीले भने, ‘लगानी सम्मेलनको तयारी गर्नुपर्ने अवस्था भएकाले तत्काल अध्यादेश ल्याउनुपर्ने अवस्था थियो । सरकारी तथा गैरसरकारी निकायसँग पर्याप्त छलफल गरेर त्यसका विविध पक्षहरूमा छलफल गरेर स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सरकारले संविधानअनुसार नै अध्यादेश ल्याएको हो ।’    

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू कृष्णबहादुर रोकाया, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, सोनामगेल्जेन शेर्पा, सुरेशकुमार आलेमगर, तुलसाकुमारी दाहाल, पदमबहादुर परियारलगायतले धारणा व्यक्त गरेका थिए । 

राष्ट्रियसभाको अर्को बैठक यही असार १९ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : ०४ बजे

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण

काठमाडौं–  सांसदहरूले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित

देशभर २५ राजमार्ग अवरुद्ध, ९८ रणनीतिक सडक एकतर्फी

काठमाडौं– देशभर बाढी र पहिरोका कारण २७ वटा सडक अवरुद्ध

अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या

जुम्ला– अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत

कर्णाली नदीले खतरा तह नाघ्यो, ३ नदी सतर्कता तहमाथि

काठमाडौं– देशकै लामो नदी कर्णालीले डोटीको ठूलीगाढमा खतरा तह पार

तनहुँ पहिरो अपडेट : बेपत्ता तिनै जनाको शव भेटियो 

दमौली– तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको