‘नम्बरी सुन’ साउन २५ मै प्रदर्शनमा आउने « Khabarhub

‘नम्बरी सुन’ साउन २५ मै प्रदर्शनमा आउने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन अघि सरेको छ । भदौ १ गते प्रदर्शन मिति तोकिएको फिल्म साउन २५ नै हलमा लाग्ने भएको छ ।

निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन नयाँ सार्वजनिक मिति तोकेको हो ।

निर्माण पक्षले के कारणले प्रदर्शन मिति हेरफेर गरिएको हो खुलाएको छैन । यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ लयायतको समेत अभिनय रहेको छ ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको यस फिल्मका पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्मााण भएको फिल्मको सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन् ।

फिल्मका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका