कांग्रेसले गर्‍याे एमालेसँगको सहमति अनुमोदन, प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह « Khabarhub

कांग्रेसले गर्‍याे एमालेसँगको सहमति अनुमोदन, प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सत्ता समीकरणका लागि भएको लिखित सहमति अनुमोदन गरेको छ ।

सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कार्यसम्पादन समिति बैठकले दुई शीर्ष नेताबीच सोमबार राति भएको सहमतिलाई अनुमोदन गरेको हो ।

‘कार्यसम्पादन समिति बैठकले मुलतः कांग्रेस र एमालेबीच जुन समझदारी भएको थियो । आगामी सहकार्य गरेर जाने सम्बन्धमा तयसलाई स्वागत गर्‍याे । समर्थन गर्‍याे ’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सुरुमा नेकपा ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो चरणमा आमनिर्वाचन सम्पन्न नभएसम्म सभापति देउवाले नेतृत्व गर्ने यही विषय नै समझदारीको मूल विषय हो । समझदारीलाई कार्यसम्पादनले अनुमोदन गरेको छ ।’

यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको महतले जानकारी दिए ।

उनले भने, ‘ठूला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ र कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।’

पर्टीका भ्रातृ संगठनको समय थप्ने र निर्देशक समिति गठन गर्ने सभापति देउवाको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको महतले बताए ।

‘सभापतिलेज्यूले जुन निर्णय गर्नुभएको थियो, भ्रातृ संगठनसम्बन्धमा, समय थप्ने सम्बन्धमा र निर्देशक समिति सम्बन्धमा त्यो निर्णयलाई पनि अनुमोदन गरेको छ,’ महतले भने ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १२ : ०६ बजे

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको