कांग्रेसले गर्‍याे एमालेसँगको सहमति अनुमोदन, प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह « Khabarhub

कांग्रेसले गर्‍याे एमालेसँगको सहमति अनुमोदन, प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सत्ता समीकरणका लागि भएको लिखित सहमति अनुमोदन गरेको छ ।

सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कार्यसम्पादन समिति बैठकले दुई शीर्ष नेताबीच सोमबार राति भएको सहमतिलाई अनुमोदन गरेको हो ।

‘कार्यसम्पादन समिति बैठकले मुलतः कांग्रेस र एमालेबीच जुन समझदारी भएको थियो । आगामी सहकार्य गरेर जाने सम्बन्धमा तयसलाई स्वागत गर्‍याे । समर्थन गर्‍याे ’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सुरुमा नेकपा ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो चरणमा आमनिर्वाचन सम्पन्न नभएसम्म सभापति देउवाले नेतृत्व गर्ने यही विषय नै समझदारीको मूल विषय हो । समझदारीलाई कार्यसम्पादनले अनुमोदन गरेको छ ।’

यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको महतले जानकारी दिए ।

उनले भने, ‘ठूला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ र कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।’

पर्टीका भ्रातृ संगठनको समय थप्ने र निर्देशक समिति गठन गर्ने सभापति देउवाको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको महतले बताए ।

‘सभापतिलेज्यूले जुन निर्णय गर्नुभएको थियो, भ्रातृ संगठनसम्बन्धमा, समय थप्ने सम्बन्धमा र निर्देशक समिति सम्बन्धमा त्यो निर्णयलाई पनि अनुमोदन गरेको छ,’ महतले भने ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १२ : ०६ बजे

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन