लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस् « Khabarhub

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफ्नो विवाह गर्ने वा नगर्ने विषयमा पार्टीले निर्णय गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उनले आफ्नो विवाहकाबारे पार्टीले निर्णय गरिदिनुपर्ने बताएका हुन् ।

‘गर्लफ्रेन्डको कुरा । मेरो जीवनकैबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्,’ ढकालले प्रस्तावमा लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा, आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस् ।’

ढकालले देश निर्माण र देश निर्माणका लागि पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको स्मरण गराउँदै भनेका छन्, ‘गर्लफ्रेन्डको कुरा गरेर, मलाई त केही छैन, सहुँला तर ती नारीप्रति सम्मान गरिदिएको भए हुन्थ्यो ।

‘म जान पाइन, एक जना नारी जाने ? मेरो साटो’ भनेर रडाको मच्चाउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय । हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा’, उनले भनेका छन् ।

केही दिनअघि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकालले प्रेमिकालाई समानुपातिक सांसद बनाएको गम्भीर आरोप लगाएका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : २१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल