लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस् « Khabarhub

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफ्नो विवाह गर्ने वा नगर्ने विषयमा पार्टीले निर्णय गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उनले आफ्नो विवाहकाबारे पार्टीले निर्णय गरिदिनुपर्ने बताएका हुन् ।

‘गर्लफ्रेन्डको कुरा । मेरो जीवनकैबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्,’ ढकालले प्रस्तावमा लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा, आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस् ।’

ढकालले देश निर्माण र देश निर्माणका लागि पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको स्मरण गराउँदै भनेका छन्, ‘गर्लफ्रेन्डको कुरा गरेर, मलाई त केही छैन, सहुँला तर ती नारीप्रति सम्मान गरिदिएको भए हुन्थ्यो ।

‘म जान पाइन, एक जना नारी जाने ? मेरो साटो’ भनेर रडाको मच्चाउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय । हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा’, उनले भनेका छन् ।

केही दिनअघि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकालले प्रेमिकालाई समानुपातिक सांसद बनाएको गम्भीर आरोप लगाएका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : २१ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु