मन्दिरको ६ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जा | Khabarhub Khabarhub

मन्दिरको ६ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जा


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा ६ रोपनी जग्गा कब्जा गरेको छ। विप्लव समूहले जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको खैरावाङ मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको हो।

विप्लवको ‘जिल्ला जनपरिषद्’ सल्यानले सो जग्गामा झण्डा गाडेको छ भने कालो ब्यानर समेत टाँगेको छ । ब्यानरमा लेखिएको छ, ‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निशानी, जन युद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुन जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउँदछौँ।’

विप्लवले कब्जा गरेको जग्गा जनयुद्धकालमा तत्कालीन माओवादीले पनि कब्जामा लिएको थियो। शान्ति प्रकृयामा आइसकेपछि कब्जा फिर्ता भएको थियो। अहिले यो जग्गालाई वार्षिक १३ हजार भाडा तिरेर एक व्यक्तिले खेतीपाती गर्दै आएको खैरावाङ मन्दिर समितिले जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ११ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा