विद्यालयभित्र पानी पसेपछि पठनपाठन अवरुद्ध | Khabarhub Khabarhub

विद्यालयभित्र पानी पसेपछि पठनपाठन अवरुद्ध


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चारैतिरबाट पानी पसेपछि पठनपाठन अवरुद्ध भएको छ ।

जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासंगै बर्षाको पानी  विद्यालयको प्राङ्गणमा समेत पानी पसेपछि अध्ययनरत बालबालिका लाई कठिनाइ भएको छ।

दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको कक्षाकोठा र प्राङ्गणमा समेत पानी जमेर विद्यार्थीहरू समस्यामा परेका हुन् । विद्यालय प्राङ्गणमा डेढ दुई फिटसम्म पानी जमेपछि बिस्तारै कक्षा कोठामा समेत छिरेपछि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक मुकेश चौधरीले बताएका छन ।

विद्यालय तथा विद्यालय प्राङ्गण भन्दा चौतर्फी जमिन अग्लो रहेकाले सामान्य वर्षा  हुँदापनि विद्यालयमा पानी जम्दै आएको प्रधानाध्यापक चौधरीको भनाई छ । कक्षा १ देखि ५ सम्म अध्यापन हुने उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेका छन्।

वर्षातको मौसममा विद्यालयको चौतर्फी पानी जमेर विषालु सर्पको जोखिम भएको कारण केही दिनका लागि बिदा दिएर विद्यालय बन्द गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिएका छन्। वर्षौं देखिको विद्यालयको समस्या समाधान गर्न दुर्गा भगवती गाउँ पालिकासंगै  शिक्षा शाखालाई जानकारी गराउँदा पनि समस्या ज्युँ का त्यूँ रहेको प्रधानाध्यापक चौधरीले गुनासो गरेका छन ।

स्थानीय निकायले शिक्षा जस्तो समेदनसिल विषयमा गम्भीर नहुँदा सयौँ बालबालिकाको भविष्य अन्यौलमा परेको अभिभावकहरूले गुनासो गरेका छन ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ७ : ४४ बजे

बङ्गलादेशमा जमात–ए–इस्लामी पार्टीलाई निर्वाचनमा भाग लिने अनुमति

ढाका- बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीको दर्तालाई आइतबार पुनर्स्थापित गरिदिएको

डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते

डोटी– केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

आजदेखि सप्तकोशीमा डल्फिन गणना सुरु

इटहरी– कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको

यातायात बन्दको मारमा परेका यात्रुलाई स्कर्टिङ गरेर पठाइयो (तस्बिरहरू)

काठमाडौं– पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनको लागि स्कर्टिङ्ग गरिएको

‘ज्ञानेन्द्र सिधै मैदानमा आउनुपर्‍यो, जवाफ चाहियो’

०६३ सालको बैशाख ११ गते शाही घोषणा भइसकेपछि महाराजगञ्जस्थित गिरिजाप्रसाद