खानेकुरा खेर जानबाट यसरी बचाउनुहोस्   « Khabarhub

खानेकुरा खेर जानबाट यसरी बचाउनुहोस्  


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छन् । सागसब्जी, फलफूल, खाना खेर जाँदा कुहिएर नष्ट हुन्छ । यसरी एकातिर खाद्यान्न खेर गइरहेको छ भने अर्कोतिर भोकमरीको समस्या पनि बढिरहेको छ । यस्तोमा सानो प्रयासले पनि खाद्यान्न खेर जानबाट बचाउन सकिन्छ। साथै हाम्रो आर्थिक व्ययभार समेत कम हुन्छ ।

खानेकुरा खेर जानबाट बचाउने उपाय

– पहिलो खानेकुरा खरिद गर्दा त्यति मात्रै खरिद गर्नुहोस्, जति आवश्यक छ । अनावश्यक खानेकुरा खरिद गरेर त्यसलाई नष्ट गर्दा यसले आर्थिक व्ययभार पनि बढ्दै जान्छ ।

– खाना तयार पार्दा निश्चित अनुमान गरेर तयार पार्नुहोस् । धेरै खानेकुरा पकाउनु र त्यसलाई बासी राखेर खानु राम्रो होइन ।

– बासी वा बिग्रन लागेको खानेकुरालाई वैकल्पिक विधिबाट तयार गरेर सेवन गर्नु पर्दछ ।

– भण्डारण गरेको वा पकाइसकेको खानेकुरा नष्ट हुने अवस्था आउनु अघि नै पुन प्रयोग गर्न सकिन्छ ।

– बासी खानेकुरा सडकका कुकुर, गाईबस्तु वा चराचुरुङ्गीलाई दिन सकिन्छ ।

– कुहिएको खानेकुरालाई करेसाबारी वा बगैँचामा राखेर जैविक मल बनाउन सकिन्छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १ : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल