एमालेले एसईई अनुत्तीर्णका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने « Khabarhub

एमालेले एसईई अनुत्तीर्णका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमालेले यस वर्षको एसईई परीक्षामा अनुत्तीर्णहरूका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने भएको छ । उक्त कुराको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बुटवलमा दिएका हुन् ।

अनेरास्ववियु रुपन्देहीले बुटवलमा एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसबारे जानकारी दिएका हुन् ।

उनले बिनाप्रयास र बिनाइमानदारिता कुनै कुरामा सफलता प्राप्त नहुने पनि बताएका छन् । ‘इमानदारिता सफलताको पुँजी हो, इमानदारिताले सफलतालाई चुम्छ’, उनले भने ।

अध्यक्ष ओलीले एसईई मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षाको व्यवस्था मिलाउने बताए ।

आफूले देश भरिका विद्यार्थीलाई निःशुल्क अनलाइन क्लास लिने व्यवस्था मिलाउने घोषणा उनले गरे ।

‘उहाँहरूलाई उत्तीर्ण गराउन अङ्ग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत सबै विद्यार्थीलाई उपलब्ध गराइने छ’, उनले भने, ‘निःशुल्क अनलाइन क्लास देशभर नै चलाइनेछ । काठमाडौंबाट गुणस्तरीय शिक्षकहरूले अनलाइनमार्फत शिक्षा दिनुहुने छ, त्यसका लागि केपी ओली फेसबुक पेजमा कन्ट्याक गर्नुहोला । सबैले अनलाइन क्लासमा जोडिएर लाभ लिन सक्नु हुने छ ।’

ओलीले धेरै ज्ञान र क्षमता भएको शिक्षकहरूले अनलाइन कक्षा लिने जानकारी दिए । उनले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गरे ।

उनले फेसबुक पेजमा कन्फ्युजन भए ९८४१८९७६१३ नम्बरको मोबाइल नम्बरमा सम्पर्क गर्न पनि विद्यार्थीलाई भने ।

त्यो नम्बरले विद्यार्थीलाई समस्या परे मद्दत गर्ने उनले स्पष्ट पारे । बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण भएर भविष्य उज्ज्वल बनाउन यो काम गर्न लागेको उनले बताए ।

उनले शिक्षकहरूलाई समय अनुसारको सिप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरमा कमी हुँदा एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताए ।

शिक्षकले गुणस्तरीय तालिम नपाउँदा ज्ञान ट्रान्सफर गर्न नसकेको कारण अहिलेको अवस्था आएको ओलीको भनाई छ । विद्यार्थीहरू कमजोर भएका कारण अनुत्तीर्ण नभएका उनले बताए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : १३ बजे

सुरुमै धराशायी बन्यो काठमाडौंको ब्याटिङ, लुम्बिनीले पाँचौँ ओभरमै ४ विकेट

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा

निर्वाचनको परिणामलाई स्वीकार्छु, पार्टी छोड्दिन : ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ

ताराखोलाका तीन प्रयोगशाला प्रयोगविहीन

गलकोट– बागलुङको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला प्रयोगविहीन बनेका छन् ।

विद्या भण्डारीको सदस्यता रोक्नु गल्ती थियो : ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको