मुकुलले समीक्षा यात्राको प्रतिवेदनमै लेखे- मलाई घोक्र्याएर पार्टीबाट निकाल्न सक्छन् « Khabarhub

मुकुलले समीक्षा यात्राको प्रतिवेदनमै लेखे- मलाई घोक्र्याएर पार्टीबाट निकाल्न सक्छन्


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा यात्राको प्रतिवेदनमै आफूलाई कारबाहीको पूर्वानुमान गरेका खुलेको छ ।

उनले अघिल्लो बुधबार उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई बुझाएको समीक्षा यात्राको प्रतिवेदनमा आफूलाई घोक्रयाएर पार्टीबाट निकाल्न सक्ने अनुमान गरेको भेटिएको छ ।

‘पार्टीलाई जन्मदाताकै रूपमा होस् वा नेपाली जनताको आशाको रूपमा रहेकाले मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ । यसरी दुर्घटना हुँदैछ भन्दा श्रीकृष्णका अनुसार मेरो अर्थात् महामन्त्री पदको मृत्यु पनि हुन सक्छ,’ ढकालले लेखेका छन्, ‘अर्थात मलाई घोक्राएर पार्टीबाट निकाल्न पनि सक्छन् । आगामी राजनीतिक जीवनका लागि यो घातक सावित हुनेछ ।’

ढकालले रास्वपाको हालत विवेकशील जस्तो हुने देखिएपछि पार्टीको भविश्यका बारेमा लेख्न उपयुक्त हुने वा नहुने भन्ने प्रश्न मानमा उठेकोसमेत प्रतिवेदनमा उल्लेख गरेको पाइएको छ ।

‘आज पार्टीको वर्तमान भनेको जनमत छैन । जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मे–हम्मे गरेर राष्ट्रिय पार्टी बन्ला, प्रत्यक्षमा १–२ सिट जित्ला,’ उनले भनेका छन्, ‘भोलिका दिनहरू आजकै अनुसार अघि बढे पार्टीको हालत विवेकशीलजस्तै हुनेछ । यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो ।’

उनले पौराणिककालका पात्र सहदेवलाई पिता पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको स्मरण गर्दै भागवान श्रीकृष्णले शहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो । उनलाई भूत, भविष्य र वर्तमान देख्ने गरी त्रिकाल दर्शनको शक्ति प्राप्त थियो,’ ढकालले लेखेका छन्, ‘त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले सहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए । त्यसैले महाभारतमा सहदेवलाई सबै थाहा भए पनि उनी चुप बसे ।’

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : २२ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग