मुकुल ढकालको निष्कर्ष – रास्वपामा गाली मात्रै छ, ‘भिजन’ र ‘प्लान’ केही छैन « Khabarhub

मुकुल ढकालको निष्कर्ष – रास्वपामा गाली मात्रै छ, ‘भिजन’ र ‘प्लान’ केही छैन


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीभित्र अरूलाई गालीमात्रै गर्ने प्रवृत्ति देखिएको बताएका छन् ।

उनले पार्टीमा गाली र आरोप-प्रत्यारोप गर्ने मात्रै प्रवृत्ति देखिएको बताउँदै आफ्नो ‘भिजन’ र ‘प्लान’ केही देखाउन नसकिएको स्वीकारेका छन् ।

सभापति रवि लामिछानेलाई गत बुधबार नै बुझाएको समीक्षा यात्राको बिहीबार सार्वजनिक प्रतिवेदनमा उनले पार्टीका कमीकमजोरी केलाउँदै यस्तो स्वीकारेका हुन् ।

‘अरूलाई गालीमात्रै गर्ने प्रवृत्ति देखियो । आफ्नो ‘भिजन’, ‘प्लान’ केही देखाउन सकिएन,’ ढकालले भनेका छन्, ‘लिटरल ईन्ट्री (पार्श्व प्रवेश) र संगठन निर्माण, दुईटामा एउटा रोज्न पर्‍यो वा यसको संयोजन कसरी हुन्छ ? व्याख्या हुनुपर्‍यो ।’

निलम्बित महामन्त्री ढकालले पार्टीले सस्तो लोकप्रियतालाई प्राथमिकता दिइएको, फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखिएको पनि टिप्पणी प्रतिवेदनमा गरेको पाइएको छ ।

‘सस्तो लोकप्रियतालाई प्राथमिकता दिइयो । पार्टीभित्र निषेधको राजनीति मौलाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखियो ।’

सुरूवाती यात्रामा राजनीति गर्न काम नछोडौं भनिए पनि पछिल्लो समय राजनीति गर्न काम छोड्नु पर्ने बाध्यता भइसकेको ढकालको भनाइ छ ।

‘प्रतिस्पर्धी भावना र खुट्टा तानातान प्रवृत्ति देखियो । पार्टीभन्दा व्यक्तिलाई बलियो बनाउने गरी दौडधुप भयो,’ प्रतिवेदनमा लेखिएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : ३९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र