नेपाल अध्यक्ष र भुसाल महासचिवमा दोहोरिँदा खनाल सम्मानितमा यथावत « Khabarhub

एकीकृत समाजवादी महाधिवेशन

नेपाल अध्यक्ष र भुसाल महासचिवमा दोहोरिँदा खनाल सम्मानितमा यथावत


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा एकीकृत समाजवादीको केन्द्रीय अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् ।

नेपाल अध्यक्षमा दोहोरिँदा झलनाथ खनाललाई सम्नानित नेतामा यथावत गरिएको छ। नेपाललाई अध्यक्षमा चुनौती दिने आकलनबीच घनश्याम भुसाल महासचिवमै यथावत रहेका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका सम्मानित नेता खनालले नयाँ नेतृत्वका लागि प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनमा सहमतिपत्र पढेर सुनाए ।

खनालले छलफल गरेर १२ वटा समूहले नै सहमतिका आधारमा नेतृत्व बनाउन सुझाव दिएपछि त्यहीअनुसार निर्णय भएको बताए ।

उता पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा भने अझै सहमति बनिसकेको छैन । वरिष्ठ उपाध्यक्षमा अध्यक्ष नेपालको गुटबाट राजेन्द्रप्रसाद पाण्डेको बलियो दाबेदारी छ ।

तर सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालको गुटबाट वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश ज्वालाले पनि दाबी गरेका छन् ।

अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ ।

समाजवादीले अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षसहितका पदहरूमा सहमतिबाटै नाम टुंगो लगाउने गरी छलफल चलाएको थियो ।

यसअघि अध्यक्ष पदको दौडमा रहेका सम्मानित नेता खनाल मौन बस्दा नेपाललाई सजिलो भएको हो ।

उनी महाधिवेशनमा बन्द सत्रको अध्यक्षमण्डलको अध्यक्षको भूमिकामा छन् । यस पटक नेपालले नै अध्यक्षमा आफूलाई राख्न सफल भएका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : ५५ बजे

बहुमतसम्म पुग्न कांग्रेसको चुनावी योजना : अबकी बार सय पार

कास्की- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को चुनावमा

इस्लामावादको मस्जिदमा आत्मघाती बम हमला

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती बम हमला भएको छ ।

समानुपातिक बन्दसूची : युवा महिला र प्रौढमा पुरुष उम्मेदवार बढी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन,  समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि ८०

निकुञ्जभित्र सडकमा मोज्याकको काम सुरु

चितवन– विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन

सामुदायिक कुकुरको स्याहार संरक्षणमा बिते ‘ज्योति’ का सात वर्ष

वालिङ– एक महिलाले विगत सात वर्षदेखि निरन्तर रुपमा सडकमा हिँड्ने