भारतीय प्रधानमन्त्री मोदीले अर्को साता रुसको भ्रमण गर्ने « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले अर्को साता रुसको भ्रमण गर्ने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

मस्को – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही जुलाई ८ र ९ मा रुसको भ्रमण गर्ने क्रेमलिनले बिहीबार बताएको छ । मस्कोले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि मोदीको यो पहिलो रुस भ्रमण हुनेछ ।

भारतले रुसी तेलको खरिद बढाएको छ । साथै भारत पश्चिमी प्रतिबन्धहरूमा संलग्न नभए पनि उक्त द्वन्द्वले मस्को र नयाँदिल्लीबीचको सम्बन्धको परीक्षण गरेको छ ।

मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परम्परागतरूपमा मैत्रीपूर्ण रुस–भारत सम्बन्धको थप विकासको सम्भावनाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डाका सान्दर्भिक मुद्दामा छलफल गर्नुहुने क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले मोदीलाई सम्भावित कूटनीतिक र आर्थिक सहयोगीका रूपमा हेर्नुहुन्छ । रुस पश्चिममा एक्लो भएको छ तर युक्रेनमाथि रुसको आक्रमणले सम्बन्ध जटिल बनाएको छ ।

सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा पुटिन र मोदीबीचको बैठकमा रुसी राष्ट्रपति पुटिनले मोदीसँग आफूले द्वन्द्वका बारेमा ‘चिन्ता’ रहेको बुझेको र मोदीले यसलाई ‘जतिसक्दो चाँडो’ अन्त्य गर्न चाहेको बताएका थिए ।

भारतीय नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फँसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएको जस्ता समाचार आएपछि यसै वर्षको प्रारम्भमा भारतले रुसमा आफ्ना केही नागरिकलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो । भारतले आफ्ना नागरिकहरूसँग ‘यो द्वन्द्वबाट टाढा रहन’ आग्रह गरेको छ ।

नयाँदिल्ली पनि किएभको कट्टर समर्थक भएको छैन । विशेषगरी गत महिना स्विट्जरल्यान्डमा एक शान्ति शिखर सम्मेलनमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न भारतले अस्वीकार गरेको थियो । उक्त विज्ञप्तिमा कुनै पनि शान्ति सम्झौतामा युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गरिएको थियो ।

भारत रुसी तेलको प्रमुख खरिदकर्ता पनि बनेको छ । पश्चिममा रुसलाई परम्परागत बजारहरूबाट विच्छेद गराएपछि त्यसलाई भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ । तर भुक्तानीको समस्या र भारतको पूँजी नियन्त्रणका कारण रुसी निर्यातकर्ताहरूले आम्दानी फिर्ता गर्न नसककेको समाचार आएको छ ।

हालै ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचितभएका प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०१९ सेप्टेम्बरमा सुदूर पूर्वी सहर भ्लाडिभोस्टकमा भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि रुसको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : ०६ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति