प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : रेखा शर्मा « Khabarhub

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : रेखा शर्मा


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले राजीनमा नदिइ विश्वासको मत लिने जानकारी दिइन् ।

उनले भनिन्, ‘ सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक, कानुनी व्यवस्थाअनुरूप प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मतको सामना गर्ने बताउनुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । हामी सकेसम्म छिटो विश्वासको मतको फेस गर्छौं ।’

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले बुधबार समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ९ : ०५ बजे

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?

सरकारलले दर्जनौँ बस्ती भत्काइसकेपछि सर्वोच्चले भन्यो : सुकुम्वासीलाई तत्काल नहटाउनू

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ

दोलखाका ४ गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

दोलखा- दोलखा जिल्लाका चारवटा गाउँपालिका पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

काठमाडौं- एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई