भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै « Khabarhub

भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको सेवा निर्यातसन् २०२३–२४ सम्म आइपुग्दा बढेर ३ खर्ब ४० अर्ब डलरपुगेको छ ।

भारतीय कुल सेवा क्षेत्रको निर्यातमध्ये झण्डै आधा अर्थात् ४७ प्रतिशत सफ्टवेयर सेवाको निर्यात रहेको जनाइएको छ । त्यसपछि व्यवसायिक सेवा २४ प्रतिशत रहेको छ ।

विश्वव्यापी रुपमा हेर्दा सेवा क्षेत्रको निर्यातमा अमेरिका अगाडि छ । त्यसपछि बेलायत, जर्मनी, आयरल्याण्ड र फ्रान्स छन् ।विकासशील मुलुकमा चीनपछि भारत सबैभन्दा धेरै सेवाक्षेत्रको निर्यात गर्ने मुलुकमा पर्छ । भारतपछि सिंगापुर, यूएई र टर्की छन् ।

द टाइम्स कुवेतका अनुसार सेवा क्षेत्रले भारतीय कुल ग्राहस्थउत्पादनमा ५० प्रतिशत भन्दा धेरै योगदान दिने गरेको छ । भारत सरकारले सन् २०३० सम्म सेवा क्षेत्रको बजार १ ट्रिलियन डलरसम्म पु-याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १० : ३१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका